प्रधानमन्त्री ओलीले झुटको खेती गरिरहे : माधव कुमार नेपाल

admin

काठमाडौं, ३ बैशाख : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप लगाउनु भएको छ ।

शुक्रबार झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै उहाँले प्रधानमन्त्री ओलीले झुटको खेती गर्न टिम बनाएको र त्यसलाई साइवर स्याल भन्ने गरिएको बताउनुभयो । उहाले ओलीले भ्रम नै सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीसंग आफूहरुको कुनै व्यक्तिगत रिसइवी नभएको उहाले बताउनुभयो । नेता नेपालले पार्टी बिधान बिपरित ओलीले पार्टीबाट आफुहरुलाई हटाएको उल्लेख गर्नुभयो ।

नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

घोषित कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल उपसचिवमा मणि भण्डारी लगायत ३५१ सदस्यीय समिति रहेको र विभिन्न विधागत कमिटी समेत गठन गरिएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया