प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल

admin

काठमाडौं, १२ साउन : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न दाहाल बालुवाटार पुगेका थिए । भेटमा मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक विषयमा छलफल भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद सकिएकाले मन्त्रिपरिषद् विस्तारबारे उनीहरुबीच कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ । जसपाले केही दिनभित्रै सरकारमा सहभागी हुने तयारी गरेको छ ।

यसअघि दाहालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । नेता नेपाललाई भेट्न दाहाल उनकै निवास कोटेश्वर पुगेका थिए । भेटमा दाहालले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेको बुझिएको छ ।

प्रतिक्रिया