प्रमोद खरेललगायत अन्य गायक गायिकाको स्वरमा निशा घिमिरे अभिनित म्युजिक भिडियो (भिडियोसहित)

admin

काठमाडौं, ३ असार : दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादून गएकी अभिनेत्री निशा घिमिरे सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी हुन् । २३ वर्षीया अभिनेत्री निशाको अवस्थाबारे समाजिक सञ्जालमा एकाएक तस्बिर सार्वजनिक भए । तस्बिरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो ।

सोही अनुरुप उक्त तस्बिरमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले अभिनेत्री निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार शुरुआत गरिन् । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ ।

महाँकाल -४, ललितपुरकी निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ ।

उनलाई अहिले देश तथा विदेश समेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको छ ।

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ । तर अभिनेत्री निशा बीस बर्षको कलिलै उमेरमा जीवन र मृत्युसँग लडिरहेकि छिन् । अभिनेत्री निशाले नेपाली चलचित्र र मोडलिङ क्षेत्रसँगै कैयौं गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् । आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उद्देश्यका साथ उनी भारत पुगेकी थिइन् ।

अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न विवश छिन् । राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन् । अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै हर्कत छ अरु केही पनि छैन् । आर्थिक अवस्था कमजोर भैरहँदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।

यतिबेला अभिनेत्री निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै उनलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा, टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।

निशा पछिल्लो समय यो ढंगले गुमनाम भइन् कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् । उनले आजभन्दा चार बर्ष अगाडि नै प्रमोद खरेलको स्वर रहेको गीत निद मेरो मा अभिनय गरिसकेकि थिइन् । उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दुर्भाग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत छिन् ।

प्रतिक्रिया