प्रहरीको गो’ली लागेर घा’इते भएका न्यौपानेको मृ’त्यु

admin

काठमाडौं, मंसिर १० : महोत्तरीको बर्दिवासमा हिजो भएको प्रदर्शनका क्रममा प्र’हरीको गो’ली लागि ग’म्भीर घा’इते भएका एक स्थानीयको उपचारका क्रममा मृ’त्यु भएको छ।

बर्दिवासका बुद्धिराज न्यौपानेको ग्राण्डी अस्पतालमा उपचारका क्रममा गएराति मृ’त्यु भएको हो। ६ वर्षीया बालिका गुलाब साह खातुनको ह’त्या गरी बोरामा कोचेर फालिएको अवस्थामा श’व भेटिएपछि आफन्त तथा स्थानीय बासिन्दाले दोषीलाई कारवाहीको मागसहित बालिकाको श’व सडकमा राखेर प्रदर्शन गरेका थिए।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्र’हरीले चलाएको गो’ली लागेर न्यौपाने ग’म्भीर घा’इते भएका थिए। उनलाई हिजै हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनीसँगै घा’इते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ।

न्यौपानेको मृ’त्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ। बालिका ह’त्याको आरोपमा प्र’हरीले स्थानीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ।


प्र’हरीका अनुसार प्रारम्भिक बयानमै साहले आफूले बालिकाको ह’त्या गरेको स्वीकार गरिसकेका छन्। स्थानीयले भने श’वको प्रकृति हेर्दा बालिकाको ब’लात्कारपछि ह’त्या भएको आ’शंका गरेका छन्।

प्रतिक्रिया