प्रहरीको भूमिकामा देखिदै रानी मुखर्जी

मनिषा थापा

एजेन्सी : फिल्म ‘मर्दानी २’मा रानी मुखर्जीले पुलिसको भुमिका निभाउने भएकी छिन्। रानी मुखर्जीको अभिनय रहेको यस फिल्मको शुटिङ शुरु गरिएको छ।

रानीले अफ्नो सुपरहिट फिल्म ‘मर्दानी’ एक उत्कृष्ठ र प्रभावशाली प्रदर्शन गरेपछि ‘मर्दानी २’ पनि उनले अभिनय गर्ने भएकी हुन् । ‘मर्दानी’मा उनले एक बाल तस्कारी खतम गर्ने भूमिका निभाएकी थिइन् ।

उक्त फिल्म २०१४ मा आएको थियो । फिल्म मर्दानीको सीक्वलमा रानीलाई एक पुलिसको सुपरिटेन्डेटका रुपमा देखिने छिन् जो २१ सालका एक निर्दयी खलनायककासँग लडाई गर्ने छिन् । ‘मर्दानी’ फिल्मको लेखक गोपी पुथरनले पनि यस फिल्मकाबाट डेब्यु गर्दै छन् । खबरअनुसार, फिल्म यहि वर्षभित्रै प्रदर्शनमा आँउने तयारीमा छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू