प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, ९ रा’उण्ड हवाई फा’यर

admin

रुकुमपश्चिम, ६ माघ : नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप भएको छ । प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झ’डप भएपछि प्रहरीले नौ रा’उण्ड हवाई फा’यर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले बताएका छन् ।

दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कु’टिएका छन् । वडाध्यक्षमाथि आ’क्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आ’क्रमण गरेको जनाइएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक-फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । आठबीसकोट नगरपालिकामा नेकपा प्रचण्ड-नेपाल समुह र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कु’टपिट भएको थियो । स्थिति नियन्त्रणमा लिन नौ रा’उण्ड हवाई फा’यर गरेको प्रहरीले जनाएको छ ।

उनलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कु’टेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताए । शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । जिल्लाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि अहिले स्थिति नियन्त्रणतर्फ छ ।

झ’डपमा एक प्रहरी सहायक निरीक्षक (असई), एक जना सशस्त्र प्रहरीका एक जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएको बताइएको छ । स्वास्थ्यकर्मी बोलाएर उनीहरुको प्रहरी कार्यालयमै उपचार भइरहेको छ । घाइतेहरुको पूरा विवरण प्राप्त भएको छैन । प्रहरीले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको बताइएको छ ।

विवाद सोमबार बेलुकादेखि नै सुरु भएको थियो । स्थिति पूर्णरुपमा नियन्त्रणमा आउने बित्तिकै दोषीमाथि कारबाही गरिने उनले बताए । आठबीसकोटमा खानेपानी, बस का’उण्टरलगायतका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक-पटक विवाद र झडप हुँदै आइरहेको छ । विवाद सहमति नजिक पुगेका बेला एक पक्ष भड्किएर झ’डपको अवस्था आएको डीएसपी श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया