फिस्टेल एयरको हेलिकप्टर सुनसरीमा आकस्मिक अवतरण

admin

काठमाडौ, असोज ३० : फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा अवतरण गरिएको छ । काठमाडौंबाट विराटठनगरका लागि उडेको हेलिकप्टर समयमा शनिबार साझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हेलिकप्टर सुरक्षित अवतरण गरिएको छ । तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको प्र हरी नायव उपरीक्षक डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्यसहित चार जना सवार रहेका थिए ।

प्रतिक्रिया