फुल कन्ट्रयाक्ट क्योकुशिन—सेइसीन कराँते प्रतियोगिता भक्तपुरमा सम्पन्न

admin

भक्तपुर : पाँचौं राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्रयाक्ट क्योकुशिन—सेइसीन कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल क्योकुशिन—सेइसिन कैकान कराँते एसोसिएसन तथा आशापुरी डोजोले भक्तपुरको सुर्यविनायकमा आयोजना गरेको प्रतियोगिता शनिबार यो यो बैंक्वेटमा सम्पन्न भएको हो ।

कराँते प्रतियोगिता आठ बिधामा भएको थियो । नेपाल क्योकुशिन—सेइसिन कैकान कराँते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कसिछ्वा, आशापुरी डोजोका संयोजक सुर्य तामाङ्ग लगायतको उपस्थित रहेको थियो ।

उनीहरुले प्रतियोगिताको महत्वमाथि चर्चा गरेका थिए । प्रतियोगितामा सात प्रदेशका १०० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको थियो । कार्यक्रम समापनमा पूर्वमन्त्री एवं संघिय सांसद महेश बस्नेतले प्रतियोगिताका विजयी टिम एवं खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया