बलिउड अभिनेता आमिर खानले श्रमिकहरुसँग दिनभर बाटो खनेर मनाए श्रमिक दिवस

रिता घिसिंग

एजेन्सी : अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बलिउड अभिनेता आमिर खानले एक दिनको श्रमदान गरेका छन् । बुधबार बिहानैदेखि श्रीमती किरण रावका साथ मुम्बईमा श्रमिकहरुसँग मिलेर उनले सडक खन्ने काम गरे ।

गर्मी र चर्को घामको प्रवाह नगरी आमिरले पानीको पाइप बिछ्याउन गाउँमा मजदुरसँग मिलेर खाल्डो खने । आमिर खान स्वयम् उपस्थित भएर मजदुरसँग बेल्चा र गैंती चलाउँदै काममा व्यस्त भएपछि गाउँलेहरू सुरुमा चकित परे तर माहोल सामान्य पार्दै आमिरले सबैलाई आफुसँगै काम गर्न उत्साहित पारे र दिनभर उनीहरुसँगै काम गरे ।

आमिर खानलाई हेर्न मात्र आएका कतिपयले उनीसँगै दिनभर श्रमदान गरेका थिए। यसरी आमिरको साथमा धेरैले श्रमदान गर्दा गाउँमा धेरै दिन लाग्ने काम एकै दिनमा सम्पन्न भएको मुम्बई खानेपानी परिचालन केन्द्रले जनाएको छ । केन्द्रले यसका लागि आमिरलाई धन्यवादसमेत दिएको छ ।

श्रमदानको भिडियो अभिनेता खानले बेलुका सामाजिक संजालमा शेयर गर्दै सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिए । उनले काम ठूलो सानो नहुने भन्दै एक दिन भएपनि श्रमिकहरुसँग नजिकिंदा उनीहरुको परिश्रम र समस्यालाई नजिकबाट बुझ्ने माैका मिलेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू