बलिउड अभिनेत्री अनुष्का शर्माले मनाइन आफ्नो ३१ औँ जन्मदिन

रिता घिसिंग

एजेन्सी : बुधबार बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो ३१ औं जन्म दिन मनाइन्। अनुष्काको जन्म १ मे, १९८८ मा भएको थियो। उनी अहिले बलिउडकी उत्कृष्ट नायिका मध्येकी एक हुन्। उनी अहिले अभिनयसँगै प्रोडक्शनमा पनि सक्रिय छन्। अनुष्काका बुवा भारतीय सेनामा अफिसर थिए।

अनुष्का बाल्यकालमा धेरै शहरमा बस्नु पर्यो। उनको घर हिमालचमा हो र उनले हिमाचलबाटै स्कुलको पढाइ सुरु गरेकी थिइन्। सुरुवाती दिनमा अनुष्का नायिका भन्दा पनि पत्रकार बन्न चाहन्थिन्।

अनुष्काले ११ डिसेम्बर २०१७ मा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीसँग विवाह गरेकी हुन्। अनुष्का र विराटलाई ग्यालमर्स संसारको सबैभन्दा हट जोडीमा रुपमा लिइन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू