बहुचर्चित अभिनेता प्रभासलाई फ्यानले एयरपोर्टमै थप्पड हानेपछि

रिता घिसिंग

एजेन्सी : बहुचर्चित चलचित्र ‘बाहुबली’का नायक प्रभास आजकाल आफ्नो अर्को फिल्म ‘साहो’ को सुटिङ निकै व्यस्त छन् । बाहुबली रिलिज भएको दुई वर्ष बितिसकेको छ । त्यसपछि प्रभासको कुनै फिल्म रिलिज भएको छैन । 

प्रभासलाई हालै एयरपोर्टमा देखिएको छ । उनलाई एयरपोर्टमा देखेर उत्साहित भएकी एक प्रशंसक उनलाई थप्पड नै हानेकी छिन् – तर हल्का तरिकाले । वास्तवमा, ती प्रशंसकले एयरपोर्टमा प्रभासलाई रोकिन् र उनीसँग तस्बिर खिचाइन् । ती प्रशंसक निकै उत्साहित देखिएकी थिइन् । फोटो खिचाएपछि ती प्रशंसकले प्रभासलाई गालमा हल्का तरिकाले थप्पड हानिन् ।

त्यसपछि उनले आफ्नो गाला सुम्सुम्याउँदै अर्का प्रशंसकसँग फोटो खिचाउन थाले । प्रभास र उनकी चुलबुले प्रशंसकको भिडियो भारतीय सोसल मिडियामा पनि निकै चर्चित भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू