बागमती प्रदेश नेपालको पहिलो साक्षर प्रदेश

admin

काठमाडौं, ११ असोज : बागमती प्रदेशलाई नेपालको पहिले साक्षर प्रदेशको रुपमा सोमबार घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्री विजय सुवेदीले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरियोस् भनेर प्रस्ताव राखेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यस्तो घोषणा गरेकी हुन् । तर अझै यस प्रदेशमा १५–६० उमेर समूहका ४५ हजार ३ सय ४५ निरक्षर जनसंख्या साक्षर हुन बाकी रहेको तथ्याङ्कले देखाएको छ ।

०–१५ वर्ष र ६० वर्षभन्दा माथिको उमेर समुहका समेत गरी ३९ लाख ४० हजार ६ सय ३० जना निरक्षर जनसङ्ख्या रहेको प्रदेशको सामाजिका विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ । युनेस्कोको अनुसार निरक्षर जनसंङ्ख्याको ९५ प्रतिशत साक्षर भएमा पहिलो चरण साक्षर घोषणा गर्न सकिने मापदण्ड अनुसार साक्षर घोषणा गरिएको बागमती प्रदेश शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुईटेलले बताए ।

उनका अनुसार प्रदेशमा ९७ दशमवल २२ प्रतिशत जनसंङ्ख्या साक्षर रहेका छन् ।बाँकी निरक्षर जनसंङख्यालाई साक्षर बनाउन अब आ–आफ्नो जिल्लाका सरोकारवालाहरुले जिम्मेवारी बहन गर्नुपने उनले बताए ।

बागमती प्रदेशको सारक्षरता प्रतिशत ९७ दशमलव २२ रहेको दावी गर्दै समाजिक विकास मन्त्रालयले प्रदेशलाई साक्षर घोषणा गर्न प्रस्ताव गरेको थिए । प्रदेशमा रहेको कुल ५५ लाख २९ हजार ४ सय ५२ जनसंङरख्या रहेकामा १५ देखी ६० वर्ष उमेर समूहका १६ लाख ३४ हजार १ सय ७६ जना छन् ।

मापदण्ड अनुसार यसमध्ये १५ लाख ८८ हजार ८ सय २२ जना साक्षर रहेकोले साक्षर घोषण गर्न सकिने छ । यस अघि नै प्रदेशको सबै जिल्ला साक्षर घोषणा भइसकेको छन् । सबै जिल्ला साक्षर घोषणा गरिएपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो ।

प्रदेशको ललितपुर जिल्लाका सबै जनसंङ्ख्या साक्षर रहेको मन्त्रालयले जनाएको छ । यसैगरी रसुवामा ५ सय ४२ जना, सिन्धुलीमा ६ सय ३५ जना, मकवानपुरमा ८ सय ८ जना, निरक्षर रहेका छन् । यसैगरी सबैभन्दा बढी निरक्षर जनसंङख्या रहेको जिल्लामा काठमाडौ रहेको छ ।

काठमाडौ जिल्लामा अझै १८ हजार ५३ जनालाई साक्षर बनाउनु पर्ने चुनौती रहेको मन्त्रालयले जनाएको छ । यसैगरी काभ्रेमा १३ हजार १ सय ५५ जना, सिन्धुपाल्चोकमा १ हजार ९ सय २ जना निरक्षर रहेका छन् ।

सोमबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा आयोजित साक्षर बागमती प्रदेश घोषणा कार्यक्रममा प्रदेशका मन्त्रीहरु, प्रदेशका जिल्ला समन्वय समितिका सभापतिहरु, शैक्षिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया