बाघको आ’क्रम’णबाट एकजनाको मृ’त्यु, दुई घा’इते

admin

रौतहट, असोज १४ : बाघको आक्रमणबाट रौतहटमा एक जनाको मृ’त्यु भएको छ । दुईजना घा’इते छन् । घाँस काट्न जंगल गएका चन्द्रपुर नगरपालिका–६, चिम्नीटोलका संगम भण्डारीको बाघको आक्रमणबाट मृ’त्यु भएको हो ।

भण्डारीलाई खोज्न गएका १४ जना युवाहरुमध्ये दुई जनालाई समेत बाघले आ’क्रमण गरी घा’इते बनाएको छ । बाघको आ’क्र’मणबाट सोही टोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापा घा’इते भएका हुन् ।

मंगलबार बाघको आ’क्रमणमा परेका भण्डारीको बुधबार चन्द्रपुरबाट पश्चिमको बीच जंगलको खोल्सामा श’व भेटिएको हो । उनलाई खोज्न नेपाल प्र’हरी, सशस्त्र प्र’हरी, वनरक्षक, रंगपुर साझेदारी उपभोक्ता समूह र स्थानीय गरी १०० भन्दा बढी परिचालित भएका थिए ।

भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाइसकेको अवस्थामा श’व भेटिएको डिभिजन वन कार्यालयका फरेष्टर शम्भु महतोले बताउनुभयो । घा’इतेहरु मंगलबार राति नै चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किएका छन् ।

बाघको आ’क्र’मणबाट रौतहटमा पहिलोपटक मानिसको ज्यान गएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया