बाम प्रजातान्त्रिक आन्दोलनका २८ योद्धा सम्मानित

admin

खगेन्द्र हमाल

पर्वत / पर्वतको बाम प्रजातान्त्रिक आन्दोलनमा बिभिन्न कालखण्डमा योगदान पुर्याउने योद्धाहरुलाई पर्वतको पाङराङमा सम्मानित गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपलिका ११ पाङराङ र अखिल नेपाल प्रबाशी युवा संघ फ.न.पा. ११ पर्बत ले गणेश कुँवर लगायत २८ जना योद्धाहरुलाई सम्मान गरेका हुन । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा पर्बत जिल्ला ईन्चार्ज गुप्त बहादुर हमालले सम्मानपत्र सहित योद्धाहरुलाई सम्मान गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य हमालले राजनैतिक परिवर्तनका लागि दिनरात नभनि अहोरात्र खटेका योद्धाहरुको योगदानलाइ एउटा सम्मानले मात्रै नपुग्ने बताउँदै उहाँहरुको योगदान प्रसंशा गर्न योग्य रहेको चर्चा गर्नुभयो । उहाँले परिवर्तनका लागि गरेको योगदानको कदर गरेर पार्टीले गरेको सम्मानले सबैलाई उर्जा थपेको बताउँदै यस्ता अभ्यासहरुलाई हरेक पार्टी कमिटीले अनुशरण गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै ईन्चार्ज हमालले नेकपाको सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन सबै तहका नेता कार्यकर्ताको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ भन्नुभयो । देशको राजनितिक परिबर्तनमा जस्तै गरि समृद्ध नेपाल बनाउन पनि सबै हातेमालो गरेर लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य तथा पर्वतका सचिब सुदिप कुँवर, कार्यलय सदस्य भक्त कुँवर लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जनगायक जीवन शर्मा र लोकदोहोरी गायिका सरस्वती लामिछानेले साङ्गितिक प्रस्तुति राख्नु भएको थियो। राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिपक भट्टराईले गर्नु भएको थियो। अखिल नेपाल प्रवासी युवा संघ फ.न.पा.११ पर्बत का सचीव देबेन्द्र कुवर ले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु सम्पुर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गरेको जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया