बालिका ब’लात्कार आरोपमा चार युवक प’क्राउ

राष्ट्रिय समाचार समिति

लहान, २२ जेठ : एक १५ वर्षीया बालिकालाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्र’हरीले चार जनालाई प’क्राउ गरेको छ । इलाका प्र’हरी कार्यालय गोलबजारबाट खटिएको प्र’हरी टोलीले बुधबार साँझ बालिकालाई ज’बर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका–२ निवासी २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव र सुखीपुर नगरपालिका–६ निवासी १९ वर्षीय गोलु महतोलाई प’क्राउ गरेको हो ।


गोलबजार नगरपालिका–३ गागन खोला छेउमा आफूमाथि ज’बर्जस्ती करणी गरेर फरार भएको पीडित बालिकाको उजुरीको आधारमा ती चारै जनालाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय सिरहाका प्रवक्ता प्र’हरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प’क्राउ परेका चारै युवक र पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइ घटनाबारे थप अनुसन्धान भइरहेको प्र’हरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

 

प्रतिक्रिया