बिग बोस १४औं सिजनको विजेता बनिन् ‘रुबिना दिलाइक’

admin

काठमाडौं, १० फागुन : भारतीय कलाकार रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४औं सिजनको बिजेता बनेकी छिन् । १ सय ४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् । बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् ।

बिग बोसको १४औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फर्स्ट रनर अप बनेका थिए । ‘रियालिटी शो’का होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए ।

प्रतियोगीलाई निर्णय गर्न ३० सेकेण्डको समय दिइएको थियो । सलमान खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । सलमान खानले आउँदो आठ महिनाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन् । बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् ।

फिनालेमा ५ सिजन अघि बिग बोसमा वाइल्ड कार्ड इन्ट्री पाएकी नोरा फतेहीले हिट डान्स नम्बरमा आफ्नो प्रस्तुती दिएकी थिइन् । शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो ।

प्रतिक्रिया