बिरामी बोकेको जिप दु’र्घटना हुँदा एकको मृ’त्यु, चार घा’इते

admin

म्याग्दी, १४ फागुन : जिल्लाकाे बेनी नगरपालिका– ४ फापरखेतमा बिहीबार राति भएको जिप दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ भने चार घा’इते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

जिल्ला प्रह’री कार्यालय म्याग्दीका प्र’हरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको जानकारी दिनुभयो ।

रुखबाट लडेर घा’इते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दु’र्घटना भएको हो । घा’इते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृ’तक र ‘एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्र’हरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घा’इतेको उद्धार गरेका थिए । दु’र्घटनाबारे अनुसन्धान जारी रहेको प्र’हरी नायब उपरीक्षक राईले बताउनुभयो ।

प्रतिक्रिया