बीस किलो चरेस बरामद

राष्ट्रिय समाचार समिति

वीरगञ्ज, ७ पुस: सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा २१ पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।

बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ ।

प्रतिक्रिया