‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो र आरसीटी विजयी

admin

काठमाण्डाै : सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएका खेलमा सातदोबाटो युथ क्लब र रानीपोखरी कर्नर टीम आरसीटी विजयी भएका छन् । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा सातदोबाटोले श्री भगवती क्लबलाई एक शून्य गोलले हरायो ।

एन्फा मैदानमा भएको खेलमा सातदोबाटोलाई जिताउन दोर्जे तामाङले गोल गरे । जीतसँगै २२ अंकका साथ सातदोबाटो शीर्ष स्थानमा कायमै छ । श्री भगवती ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा आरसीटीले टुसाल युथ क्बललाई १–० गोलले हरायो । उसका लागि अजित गुरुङले निर्णायक गोल गरे । आजको जितसँगै आरसीटीको १२ अंक भएको छ । टुसालको आठ अंक रहेको छ ।

प्रतिक्रिया