बेलायतमा कोरोनासँग लड्दै गरेकी नेपाली युवती भन्छिन्, निको हुने छाँटकाँटै छैन !

admin

काठमाडौं, १० चैत : बेलायतमा एक नेपाली कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग लडिरहेको र १३ दिन सम्म पनि निको हुने छाँट्काट नभएको बताएकी छिन् ।

उनले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको र छिट्टै निको हुने सम्भावना नभएको बताउदै सबै सावधान रहन आग्रह गरेकी छिन् ।

उनले आफ्नो फेसबुकमा लेखेकी छिन्‌, ‘१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले सा,बधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

प्रतिक्रिया