ब लात्कार घ टना मिलाउन खोज्ने वडासदस्यसहित ७ जना प क्राउ

admin

काठमाडौं, १० साउन : रुकुम (पूर्व) : ब लात्का र घट नामा मिलापत्र गरेको आरोपमा रोल्पामा वडासदस्यसहित सात जना प क्राउ परेका छन्।

जेठाजुबाट बुहारी ब लात्का र भएको घ टनालाई गाउँमै मिलापत्र गरेको आरोपमा प्र हरीले लुङ्ग्री गाउँपालिका–४ का वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई प्र हरीले प क्राउ गरेको हो।

पीडितको उजुरीको आधारमा ब लात्का रको आरोपीसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ गरिएको जिल्ला प्र हरी कार्यालय रोल्पाका प्रमुख एवं डीएसपी नरेशराज सुवेदीले जानकारी दिए।

गएको साउन २ गते भएको घट नालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गराएका थिए। जसमध्ये गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने भेलाले निर्णय गरेको थियो।

पीडितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पी डितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्र हरीमा जाहेरी दिएपछि घट ना बाहिर आएको हो।

प क्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ। ब लात्का र आ रोपितलाई कसुरबमोजिम र अन्यलाई घ टनाको मतियारको कसुरबमोजिम कानुनी कारबाही हुने डिएसपी सुवेदीले बताए। पी डित महिलाले साउन ४ गते प्र हरीसमक्ष जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया