भक्तपुरको बालकोटमा भीषण आगलागी

admin

काठमाडौं, असोज ५: भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोट स्थित दुर्गा कपडा रिफाइनरी उद्योगमा आगलागी भएको छ। आइतबार बिहान ५ बजे कोही नभएको अवस्थामा आगो सल्केको थियो।

पुराना कपडाबाट रुवा बनाउने सो उद्योगमा आगो सल्किए पछि कारखाना भित्र रहेका ग्यास सिलिन्डर विस्फोट भएर आगोले बिकराल रूप लिएको थियो। जुद्ध वारूण यन्त्रका चारवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगलागीबाट कारखानामा रहेका मेसिन औजार र सामान जलेर नष्ट भएका छन्।

प्रतिक्रिया