भक्तपुरमा कुहिएको अवस्थामा बेवारिसे शव भेटियो (भिडियो रिपोर्ट सहित)

तुलसी नेपाल

काठमाण्डौ – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ मा कुहिएको अवस्थामा एक बेवारिसे लाश भेटिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ को वडा कार्यलयबाट करिब ३ सय मिटरको दूरीमा रहेको महत गाउँ र जोरपाटीको बाँसको झ्याङमा लाश भेटिएको हो ।

स्थानीयले बेवारिसे लाशको देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जनाएको छ ।

यस्तै संघीय अपराध अनुसन्धान शाखा बाट गएको प्रहरी टोली पनि अहिले घटनास्थलमा पुगिसकेको र घटनास्थललाई सिल गरेर अनुसन्धान सुरु भएको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया