भक्तपुरमा घरमाथि बस खस्यो, एकजनाको मृत्यु

admin

भक्तपुर ,१९ पुस: चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको घरमाथि बस खस्दा एकजनाको मृत्यु भएको छ। शुक्रवार राति नेपाल इञ्जिनियरिङ कलेज बेसी हुँदै रत्नपार्क चल्ने बा १ ख ९०९० नम्बरको बस दुवाकोटको सरस्वतीखेल खड्काटोल सडकखण्डअन्तर्गत राईटारडाँडामा रहेको जस्तापाताले छाएको घरमाथि खसेको थियो।

बस घरमाथि खस्दा करिब ३५ वर्षीय भिम योञ्जनको मृत्यु भएको हो। राईटारडाँडाको उकालो चढ्न नसकी बस पछाडि गुड्दा योञ्जनको घरमाथि खसेको प्रत्यक्षदर्शीले बताएका छन्। घरभित्र खाना बनाउँदैं गरेको योञ्जनलाई बसले थिच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनमा योञ्जनकी श्रीमती, छोरालगायत परिवारका अन्य सदस्य सकुशल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। बस चालक दोलखा शैलुङेश्वर गाउँपालिका–४ का ३९ वर्षीय वेदबहादुर चौलागाईंलाई राति नै पक्राउ गरिएको थापाले बताए।

प्रतिक्रिया