भरुवा ब’न्दुकसहित बाबुछोरा प’क्राउ

राष्ट्रिय समाचार समिति

गोरखा, १० जेठ : भरुवा ब’न्दुकसहित दुई जना प’क्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।



गोप्य सूचनाका आधारमा इलाका प्र’हरी कार्यालय आरुघाट गएको प्र’हरीको टोलीले धार्चेको वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उहाँका छोरा २० वर्षीय नोउबहादुर घलेलाई प’क्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया