भारतको विरोध गर्दै मेयर द्वारिकलाल सडकमा

राष्ट्रिय समाचार समिति

इटहरी, २८ कात्तिक: भारतले दार्चुलाको नेपाली भूमि मिचेको भन्दै इटहरीमा विरोध भएको छ । नागरिक समाजको इटहरीको अगुवाईमा दर्जनौं संघसंस्थाका प्रतिनिधिले बिहीबार बिहानै मुख्य राजमार्गमा पुगेर विरोध जनाएका हुन् ।

विरोध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भारतको हेपाहा प्रवृत्तिको विरोध गर्नुपर्ने बताए । त्यस्तै, नागरिक समाजका पूर्वअध्यक्ष कमलेश शर्मा पौडेलले भारतले असल छिमेकी व्यवहार प्रस्तुत नगर्दा सामान्य नागरिकलाई समस्या भइरहेको बताए ।

प्रतिक्रिया