भारतीय विदेश सचिव नेपाल आउँदै

राष्ट्रिय समाचार समिति

काठमाडौं, मंसिर ८ : भारतिय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव श्रृङ्गाला यही मङ्सिर ११ गते काठमाडौँ आउने भएका हुन्।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचार विमर्श हुने जनाएको छ।

बिहीबार नै विदेश सचिव श्रृङ्गालाले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ। विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्ने छन्।

प्रतिक्रिया