भ्याट स्यानिटरी प्याडमा, बिरोध माइतीघरमा

admin

काठमाडौं, ७ असाेज : महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै आज काठमाडौंमा प्रदर्शन गरिएको छ । स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो भन्दै युथ काँग्रेसको आयोजनामा धर्ना माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गरिएको हो ।

उनीहरुले सरकार महिनावारीमा कर कहिलेसम्म ?, रातो कर खारेज गर, स्यानिटरी प्याड बिलासिता होइन आवश्यकता हो भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर धर्ना दिएका थिए । धर्नामा युथ काँग्रेसका केन्द्रीय सदस्य चेतन बुढाथोकीलगायत एक दर्जनको उपस्थिति थियो ।

प्रतिक्रिया