मन्त्रीहरूको जिम्मेवारी हेरफेर, विष्णु पौडेललाई उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी

admin

काठमाडौँ, असार १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी थप गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी राख्नुभएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको हो ।

प्रतिक्रिया