मलेसियामा कोरोना सङ्क्रमित दुई नेपाली निको भए

admin

काठमाडौं, १२ बैशाख : मलेसियामा कोरोना सङ्क्रमित दुई जना नेपाली निको भएका छन् ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको र उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको जानकारी दिएका छन् ।

एक जना सङ्क्रमितको भने अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको राजदूत पाण्डेले बताए । मलेसियामा अहिलेसम्म ५ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जसमध्ये ३५ सय ४२ जना निको भएका छन् भने १९ सय ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाका कारण मलेसियामा ९५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया