‘माईत जान मन छ’, तीज गीत सार्वजनिक (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १३ साउन : ‘माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सतिष अधिकारीको शब्द रहेको गीतमा शोभा थापा र हेमन्त कान्छा रसाईलीले स्वर दिएका छन् ।

गीतमा संगीत गायक हेमन्त कान्छा स्वयंमले भरेका छन् । गीतका एरेन्जर विजय थापा हुन् । तीजमा माईत जान मन नहुने चेलीको होलान् र १ चेलीको त्यही भावनालाई गीतमा व्यक्त गरिएको छ ।

गीतको भिडियोमा हास्य कलाकार शिवहरी पौड्याल र निरु खड्कालाई देख्न सकिन्छ । साथमा कलाकार मिस्री थापाको पनि भिडियोमा अभिनय रहेको छ ।

देवेन्द्र कुँवरको निर्देशन, महेन्द्र निरौलाको कोरियोग्राफी रहेको भिडियोलाई चक्र बहादुर बरालले छायाँकन गरेका हुन् भने शिलन लम्सालले भिडियोको सम्पादन गरेका हुन् ।

यो भिडियो हेर्नुस् ।

प्रतिक्रिया