मालपोतका कर्मचारी कार्यालयभित्रै जुवा खेल्दै

admin
  • खगेन्द्र हमाल

कालीकोट : शनिबारको दिनमा मालपोत र नापी कार्यलय परिसर भित्र रमाइलो गर्न पर्ने भन्दै मालपोत कार्यालय र नापी कार्यालय परिसर भित्र कर्मचारीहरु बिन्दास तरिकाले जुवातास खेलिरहेका छन् । जिल्ला मालपोत कार्यालय कालिकोट र नापि कार्यालयको परिसर भित्रै सोही कार्यालयकै कर्मचारिहरुले दिनदाहाडै जुवा खेल्दै गरेका भेटिएको छ ।

मालपोत कार्यालयका कर्मचारिहरु भक्त बहादुर शाहि, नापि कार्यालयका कर्मचारी रंग बहादुर वुढा र मालपोत कार्यालयकै अर्का कम्प्युटर अपरेटर विरेन्द बहादुर शाही लगायतका सरकारी कर्मचारिहरुको समूहले कार्यालयभित्रै जुवा खेलेका हुन् ।

जुवा खेलिरहेका कर्मचारिहरुले मनोरञ्जनको लागि खेलेको भने पनि उनिहरुले पैसामा खेलिरहेका थिए।पैसामा खेलेको फोटोमा देखिन्छ । उनिहरुले यसभन्दा अगाडिका दिनहरुमा पनि यसरि कार्यालयभित्रै खेल्दै गरेको स्थानिय बासिले सूचना दिएपछि पत्रकारको टोलिले घुम्न जाने भन्दै छड्के जाँदामा रंगेहात जुवा खेल्दै गरेको देखेपछि कार्यालयभित्रै पसेर फोटो खिचेका हुन् ।

यसरि दिनदाहाडै कार्यालयको हाताभित्रै कर्मचारी जस्तो मान्छेले जुवा खेल्नु हुँदैन भन्दा उनिहरुले विदाको दिनमा खेल्न पाउनु के गलत हो भन्दै उल्टो प्रश्न गरे । जे गरे गर्नु होस् भन्दै पत्रकारलाई उनिहरुले जवाफ दिए । उनिहरुले एक सयको दाउमा खुल्ला फलास खेलिरहेको देखिएको छ । तर, खेलाडिहरुको अगाडि थुपै पैसाको खात रहेको देखिन्छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारि कृष्ण्चन्द्र पौड्यललाई विदाको दिनमा सरकारी कार्यालयकै हातामा पैसा राखेर जुवा खेल्न मिल्छ भनि प्रश्न गर्दा, उनले विदाको दिनमा भएपनि कार्यालयभित्र जुवा खेल्न मिल्दैन, यदि खेलेकै हुन भने हामि कारवाही गर्छौँ, उनले भने ‘मनोरञ्जनको लागि खेलेपनि कार्यालयको परिसरमा यसरि पैसानै राखेर जुवा खेल्न मिल्दैन।

प्रतिक्रिया