मिर्गौला बेचबिखन संलग्नमा डाक्टर, जनप्रतिनिधिसहित १२ जना पक्राउ

अस्मिता बेल्बासे

काठमाडौं, २८ असार : मिर्गौला बेचविखन आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई आइतबार सार्वजनिक गरेको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ परेकाहरूमा २ जना महिला र ललितपुर महानगरका एक वडा अध्यक्ष हुन् ।

अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट नौं र चितवनबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले उनीहरूबारे विस्तृत विवरणका लागि पत्रकार सम्मेलन गरिरहेको छ ।

प्रतिक्रिया