मिस वर्ल्डमा भोट गर्ने आज अन्तिम दिन : श्रृङ्खलालाई जिताउन यसरी गर्नुहाेस् भाेट….

मनिषा थापा

 मिस वर्ल्ड २०१८ को प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली सुन्दरी श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् । नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो।

उपाधि जित्ने न जित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर मिस वर्ल्डका प्रतिस्पर्धीलाई भोट गर्ने समय आज बेलुकी ५ बजेसबाट सकिँँदैछ । यसअघि नोभेम्बर २८ सम्म भोट गर्ने अन्तिम समय तोकिएकोमा फेरि दुई दिन बढाएर आज अर्थात ३० नोभेम्बरसम्म बनाइएको छ ।

श्रृंखला खतिवडाद्वारा भाेटकाे अपिल

भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् । श्रृंखलाले आज अन्तिम दिन भएको भन्दै सबैमा भोटको लागि आग्रह गरेकी छिन् । नेपाललाई धेरै मतको आवश्यक भएको भन्दै अन्तिम बल लगाएर भोट गरिदिन र आफ्नो आधिकारिक पेज शेयर गरिदिन उनको आग्रह छ ।

यस्ता छन् भोट गर्ने तरिका…

१. उनको आधिकारिक मिस वल्र्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने

२. मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने – (direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने

४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90 मा गएर उनको फोटो लाइक गर्ने ।

श्रृङ्खला खतिवडाले विश्व सुन्दरीको ताज पहिरिनु नेपालकै लागि गर्वको कुरो हो। यदी उनले विश्व सुन्दरी ताज पहिरिन भने नेपालको लागि ऐतिहासिक उपलब्धी हुनेछ। यसले छायामा रहेको नेपाललाई केही हदसम्म भए पनि मिस वर्ल्ड श्रृङ्खला खतिवडाको देश भनेर विश्वसामु चिनाउने काम गर्छ।

पहिचानसँगै पर्यटन बढाउन पनि यसले मद्दत गर्छ।’ उनी भन्छिन्, ‘नेपालमा सामाजिक आर्थिक क्षेत्रको विकासमा पनि यसले निकै टेवा पुर्‍याउँछ। विश्वका बहुद्देश्यीय कम्पनीहरुको ध्यान नेपालतर्फ आकर्षित गरी आर्थिक लगानी भित्र्याउन सहयोग गर्छ। नेपाल आर्थिक रुपमा पनि समृद्ध हुन्छ।’

प्रतिक्रिया