मैले न्यायाधीशहरू भेटेको छैन, सायद देखे पनि चिन्दिनँ : ओली

admin

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नभेटेको बताएका छन्। आफू निकटका प्रदेश १ का कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको छैन। मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको नै छैन’ उनले भने, ‘सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको थिए। शायद चिनेको पनि छैन।’

प्रधानमन्त्री ओलीले पुष ५ गते संसद भंग गरेपछि सर्वोच्च अदालतमा विचाराधीन छ। शुक्रबारको संवैधानिक इजलासमै प्रधानमन्त्री ओलीले चार जना न्यायाधीशलाई भेटेको कुरा उठेको थियो। तर, प्रधानमन्त्री ओलीले कुनै न्यायाधिसलाई भेट्नुको त परै जावस् चिन्दा पनि नचिनेको दाबी गरेका छन्।

प्रतिक्रिया