यस्ताे छ मंगलबार दिनभरिकाे माैसम

admin

काठमाडौं, १४ माघ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा बदली भएको हो । हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य भूभागमा आंशिक बदलीको अवस्था रहेको छ ।

मंगलबार दिउँसो देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली हुनेछ । पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पश्चिमी भूभागका केही स्थानहरू र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र पूर्व र मध्यका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र पूर्व र मध्यका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।

प्रतिक्रिया