यस्ता छन् बलिउडका महानायक अमिताभ बच्चनका महँगा कारहरु

रिता घिसिंग

एजेन्सी : बलिउडका महानायक भनेर चिनिने चर्चित अभिनेता अमिताभ बच्चन फिल्म क्षेत्रमा निकै चर्चामा छन् ।उनी सन् १९६९ मा बलिउड प्रवेश गरेका हुन् । आफ्नो जीवनको करिब ४८ वर्ष फिल्ममा बिताएका उनले करिब १९० फिल्ममा काम गरिसकेका छन् । सन् १९४२ अक्टोवर ११ मा जन्मिएका महानायक अमिताभ बच्चन लक्जरी कारका शौखिन पनि हुन् । लक्जरी कारका शौखिन अमिताभ बच्चनसँग लगभग एक दर्जन लक्जरी कार छन् ।

उनीसँग भएको रोल्स रोयसलाई विशेष मानिन्छ, किनभने यसलाई निर्देशक विधुविनोद चोपडाले ‘एकलव्य’ चलचित्रमा प्रभावशाली अभिनय गरे वापत दिएका थिए ।त्यसैगरी उनीसँग जेम्स बन्डले आफनो फिल्ममा प्रयोग गरेको कार सानदार रोल्स रोयस फ्यान्टम कार छ । रोल्स रोयसको मूल्य साढे ३ करोड रुपैयाँ पर्छ । त्यस्तै सुपरस्टार अमिताभ बच्चनसँग लगभग २ करोड रुपैयाँको बेन्टलेको कार सिजिटी पनि छ । त्यति मात्र होइन अमिताभलाई सर्वाधिक मन पर्ने कार आर आर वोग पनि उनीसँगै छ । यसको मूल्य १ करोड ५ लाख ११ हजार १४ रुपैया भएको बताइएको छ ।उनीसँग मर्सिडिज एस ३५० पनि छ, जसको मूल्य लगभग ९० लाख रुपैयाँ पर्छ । त्यस्तै पोर्से क्यामेन र बीएमडब्ल्युको ७६० एलआई पनि अमिताभ बच्चनसँग छ ।

प्रतिक्रिया