यी माताले गरिन रवि लामिछाने प्रधानमन्त्री नबन्ने ठोकुवा, राजसंस्थाको बारे यसो भन्छिन् (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मिनाक्क्षी रेग्मी हाल बनेपा नगरपालिका ९ मा बस्दै आएकी माता तथा समाजसेवी हुन्। उनी आफुमा दिव्य शक्ति भएको दावी गर्छिन। उनलाई बेसाहारा अपाङ्ग व्यक्तिहरु देख्दा भक्कानो फुटेर आउने बताईन। अरुको दुख देख्दा आफैलाई कष्ट हुने भएकोले पैसा उठाएर आफैले श्री माई तथा रोजगार आश्रम संस्था खोलेको उनको भनाई छ। 

राजधानीको कुमारीगालमा जन्मिएकी रेग्मीको सानै छदा दैवको प्यारो भईन। त्यसपछि उनका बुबाले अर्की श्रीमती ल्याए। उनी एक्ली भईन। गुहेश्वरी मन्दिरको वरपर चढाएको भेटि र खानेकुरा खाएर बस्ने गर्थिन। घरको बोज बनेकी रेग्मी अर्काको घरमा भाडा माझिन। उनले निकै संघर्ष गरेर कक्षा ८ सम्म पढिन। उनी आफुमा भविष्यवाणी गर्ने शक्ति जन्मैदेखि पाएको बताइन। उनले राजसंस्था देशमा फर्कन्छन तर त्यो २०८० सालमा हैन २०९० सालको हाराहारीमा मात्र राजसंस्था पूर्ण कायम हुने दावी गरिन।  त्यसअघि देशमा ठुलो द्वोंद हुने बताइन।

उनले वरिष्ट पत्रकार रवि लामिछानेको भविष्य वाणी बारे बोल्दै भनिन्, ”उनलाई अबसर धेरै आउँछ तर प्रधानमन्त्रीको पद रवि जीले ग्रहण गर्न हुँदैन।” त्यस्तै उनले निर्मलालाई हत्या गर्ने व्यक्ति आफ्नो दैव शक्तिले देखिसकेको बताईन। उनले निर्मलाको हत्यामा ३ जना पुरुष र २ महिला संलग्न रहेको दावी गरिन। उनले ती २ महिला बम दिदी बहिनी भएको बताइन। ती दिदी बहिनीलाई प्रलोभन देखाएर निर्मलालाई बोलाउन लगाइएको बताइन। ती ३ वटा पुरुषको नाम भने तोक्न नमिल्ने बताइन। उनले यी सबै आफ्नो दैविक शक्तिबाट देखेको बताइन। विगतमा धेरै दुख भोगेकी रेग्मी अहिले माता र समाजसेवी मात्रै हैन सफल महिला उमीको पनि पहिचान बनाउन सफल भएकी छिन्। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू