युवराज खतिवडा फेरि अर्थमन्त्री बन्दै

admin

काठमाडौं, फागुन २१ : डा. युवराज खतिवडा फेरि अर्थमन्त्री हुने भएका छन्। खतिवडालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्रीको शपथ ग्रहण तयारी रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

खतिवडा संविधानको धारा ७८ को उपधारा १ बमोजिम मन्त्री बन्दै छन्। धारा ७८ मा संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री हुने प्रावधान छ। उनी राष्ट्रियसभामा मनोनीत सदस्य थिए।

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल मंगलबार सकिएको हो। राष्ट्रिसाभ सदस्यको पदावधि सकिएपछि उनले मंगलबारै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएक थिए। प्रधानमन्त्री केपी अ‍ोलीलाई राजीनामा बुझाउन उनी त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए।

प्रतिक्रिया