युवा युवतीले गरे एउटै रूखमा झुण्डिएर आत्महत्या

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० साउन : कपनमा दुई युवा युवती एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कपन गुम्बा नजिकै मकैबारीमा रहेको रूखमा सोलुखुम्बुका २१ वर्षीय अमिर चन्द्र नाछिरिङ राई र निर्मला खालिङ राई एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

अमिर सोलुखुम्बुको सोताङ गाउँपालिका ४ नाम्लुङका हुन् भने निर्मला माप्य दुधकोशी गाउँपालिकाकी हुन् । विवाहित निर्मला छोरी पढाउन काठमाडौंमा बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

चन्द्र भने एक महिना अगाडि काठमाडौं आएर फुपूसँगै बस्दै आएका थिए । यसअघि उनीहरू दुवैजनाले किस गरिरहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । फोटो सार्वजनिक भएकै राति दुवैजनाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

पोष्टमार्टमको लागि दुवै जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चन्दको भनाई छ । दुवै जना एक अर्काको प्रेममा रहेको हुनसक्ने स्थानीयको आशंका रहेको छ ।

प्रतिक्रिया