एकैदिन स-परिवार गुमाए, एउटै छोरा त्यो पनि मरिसक्यो भनेर उपचार गर्नै मानेन डाक्टर, कस्ले सुन्ने मेरो चित्कार ? : जय बाहादुर बिक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। जय बाहादुर बिकको अछाममा सुखद परिवार थियो। उनको र उनको भाइको परिवार गरेर उनीहरु ६ जना थिए। आफ्नो खेतबारीको कमाइले नपुगेर उनको स-परिवार हिमान्चल प्रदेशमा काम गर्न गएका थिए। आफ्नो घर भनेको आफ्नै घर हो। घरमा भेटघाट गर्नको लागि उताबाट उनीहरु सबैजना नै अछाममा फर्किए। घरमा केहि समय बसेर उनीहरु पुन: हिमान्चल प्रदेश नै फर्किए। दिनचर्या बितिरहेको नै थियो। तर समयको खेल उनको परिवारमा एकदम अकल्पनीय दुखद घटना घट्न पुग्यो।

कार्य स्थलमा नै आगोलागी भए पछि उनको ६ जना परिवारमध्य ३ जना त्यही आगोलागीमा परेर ज्यान गुमाए। उनीहरु खेतबारीको काम गर्थे। खेतबारी खन्ने मेसिन उनको आफ्नै थिए। त्यही मेसिनमा हाल्न पेट्रोल ल्याइएको थियो। बिजुलीको लाइन सट भएर आगोलागी हुन पुग्यो। छ जनाको परिवारमा तिन जनाको उपचार कै क्रममा मृत्यु भयो। अब उनको परिवारमा उनी स्वयम, उनको छोरा हिमाल र उनको भाई बाँकि रहेका छन्। उनी आफै पनि घाइते छन्। उनको खुट्टामा अझै जलेको घाउ बाँकि नै छ।

एकै समय स-परिवार गुमाउनु पर्दाको पिडा जय बहादुर बिकलाई सहि नसक्नु भएको छ। अब उनको सम्पत्तिको नाममा एक मात्र छोरा हिमाल बिक उनको साथमा छन्। उनी आगोलागी हुँदाहुँदै उद्दार हुन सफल भएका थिए। उनी समेत होसमा थिएनन् त्यति बेला। होसमा आउँदा उनले आफ्नो छोरालाई नेपालगन्जको अस्पतालमा उपचार भैरहेको भेटे।

हिमालको शरीर भरि जलेको घाउ नै घाउ छ। उनको अनुहार अब पहिलाको जस्तो रहेन। अनुहार जलेर स्वरुप नै बद्लिएको छ। घटना स्थलबाट हिमाललाई उपचार गर्न चण्डीगढ कै अस्पतालमा लगियो तर उनको उपचार त्यहाँ सम्भव नहुने डाक्टरले बताए। त्यसपश्चात उनलाई नेपालगन्जको अस्पताल लगियो।

त्यहाँ उनको उपचार असम्भव हुने खबरले जय बाहादुर बिक स्तब्ध भए। अचानक बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ) द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टरका चेयरम्यान सम्राट सिंह बस्नेत जयको जीवनमा भगवान कै रुपमा प्रकट भए। उनकै सहयोगमा जयले छोरालाई उपचार गर्न ‘एनएचइडिएफ’ मा ल्याए। सुष्मा मेमोरियल अस्पतालमा उपचार गरे पछि हिमाल अहिले हिड्ने कुद्ने गर्ने भएका छन्।

अहिले हिमालको अवस्था निकै सुध्रिएको छ। उनले नँया जीवन नै पाएका छन्। बाच्ने नै आश नभएका उनी अहिले मज्जाले हिडडुल गर्न सक्छन्। जय पनि आफ़ो छोराको स्वास्थ्य स्थिति सुध्रिएकोमा निकै खुसि छन्। अब हिमाल विद्यालय जाने कुरा पनि चलिरहेको छ। उलाई सामान्य विद्यालयमा भर्ना गर्न असहज भएकोले उनलाई एसओएसमा भर्ना गरिदिने ‘एनएचइडिएफ’ नामक संस्थाका संस्थापक सम्राट सिंह बस्नेतले जानकारी दिए।

अझै पनि उपचार भने चलि नै रहेको छ। आर्थिक अभावका कारण अहिले जय र उनका छोरालाई नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसनले आश्रय दिईरहेको छ। विपन्न परिवार जसलाई काठमाडौँ जस्तो महँगो शहरमा बस्न खान नै एकदम गार्हो अवस्था छ उनीहरु कै सहयोगको लागि खोलिएको संस्था हो नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन।

बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ)द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टरको आश्रयमा यस्ता थुप्रै घाइते छन् ।भूकम्पमा परी घाइते भएका देखि यो आश्रयस्थलमा सडक दुर्घटना, वैदेशिक रोजगारीका सिलसिलामा घाइते भएका, आगोमा जलेका र विभिन्न रोगका कारण अपांग भएका १३ जना गम्भीर घाइतेले आश्रय लिइरहेका छन्।

हिमालको उपचार गर्न अझै केहि आर्थिक सहयोग चाहिने भएकोले सके धेरै नसके थोरै भए पनि सहयोग गरिदिनु हुन सम्पूर्णलाई आग्रह गरिन्छ। आफ्नो घरबार सबै बेचेर उनले अहिले सम्मको उपचार खर्च जुटाए। अब सहयोग गर्ने पालो तपाईहाम्रो। सके आर्थिक सहयोग नसके शेयर गरेर भए पनि सहयोग गरिदिनु होला।

सहयोगको लागि सम्पर्क नं. : ९८२३४७८६५४

खाता नं. : ००१२७८००६५०४४६०००००१ (जय बाहादुर बिक, एनएमबि बैंक)

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू