रवि लामिछानेका समर्थक र प्रहरीविच झडप, अश्रुग्याँस प्रहार

राष्ट्रिय समाचार समिति

चितवन,साउन ३१: जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको छ । झडपमा परी पाँच प्रहरी घाइते भएका छन् । प्रर्दशनकारी तर्फको विवरण प्राप्त भएको छैन् ।

प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्रयास गरेका थिए । साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएनन् । समर्थकले दिनभर प्रर्दशन गरेका छन् ।

प्रतिक्रिया