रसुवागढी नाका सञ्चालनमा, सामान बोकेका गाडी नेपाल भित्रिए

admin

काठमाण्डाै : नेपाल-चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ । नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

ल्हाेसारका कारण गएको माघ २९ गतेदेखि नाका बन्द भएको थियो । हिजो बेलुकी चिनियाँ पक्षले नेपाल पक्षलाई नाका खोल्नेबारेको जानकारी गराएको र अहिले गाडी आउन थालेको भन्सार कार्यालयका प्रमुख रेग्मीको भनाइ छ ।

यो वर्ष प्राकृतिक प्रकोप र कोरोना भाइरसको सङ्क्रमणका कारण चीनतर्फको नाका पटक-पटक बन्द हुँदै आएको थियो ।

प्रतिक्रिया