रसुवामा बस दुर्घटना, आठ जना घाइते

admin

रसुवा : काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कका शनिबार दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

घाइतेलाई उपचारको लागि काठमाडौँ र धुन्चे पठाइएको तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। अहिले पनि उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया