राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण (फोटोफिचर)

admin

काठमाडौं, ४ फागुन : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व (आज) मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।

वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गरेकी छिन् । हनुमान ढोकाका मुल पुरोहितबाट उनले वसन्त श्रवण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गरेका थिए ।

बसन्त श्रवण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरू हनुमानढोका पुगेका थिए ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया