लकडाउनले जुराएको दि तेन्जिङस शो

admin

काठमाडौँ: कोभिड – १९ को कारण विश्व ठप्प बन्यो । व्यापार व्यवासाय र सामान्य मानवीय गतिविधि पनि बन्द भएको अवस्थामा गायक एवम विद्यालय संचालक तेन्जिङ भोटियाले भने “दि तेन्जिङस शो” नामक एक कार्यक्रम लिएर फेसबुक लाईभमा आम श्रोता माझ आउनु भयो ।

नेपाली सेलिब्रेटीहरुसंग सामान्य भलाकुसारी गरिने उक्त कार्यक्रमको मुल उदेश्य भने लकडाउनको अवस्थामा आम नेपालीहरुलाई घरैमा बस्न प्रेरित गर्ने र लकडाउनको प्रतिकुल अवस्थामा वहाँहरुको मनोबल बडाउनु रहेको थियो ।

कार्यक्रममा पहिलो अतिथि नै वरिष्ठ गायिका कुन्ती मोक्तान भएको कारण शो ले शुरूवातमा नै आम नेपालीहरुबाट राम्रो प्रतिक्रिया पायो । सामान्यतया अन्तर्वार्ता दिन स्टुडियोनै आउनु पर्ने वा प्रस्तोता र अतिथि संगै हुनु पर्ने बाध्यात्मक परिस्थितिलाई चिर्दै अन्लाईनबाट नै अतिथि संग भलाकुसारी गर्न मिल्ने प्राविधिलाई तेन्जिङस शोले आफ्नो हतियारको रूपमा प्रयोग गरेको छ ।

सिजन १ मा बरिस्ठ गायिका कुन्ती मोक्तान, लाक्पा शेर्पा, सुरेश कुमार, दिपा नारायण झा, मिङ्मा शेर्पा, बिजय लामा, B8 ब्यान्डका गायक किम, मन्त्र ब्याण्डका गायक भास्कर देवान र लीड गिटारिस्ट प्रज्ञा लामा, भोईस अफ नेपालबाट यान्की यल्मो र बिमोचना लम्जेल, ईन्डियन आईडल अमित पल र कपिल थापा, रेस्लर हिमालयन टाईगर, कमेडी च्याम्पियनबाट् अनिल राई “अम्बो” र गणेश राई लगायत अन्य विशिस्ट व्यक्तित्वहरुले अन्तर्वार्ता दिसकेका छन ।

कार्यक्रमलाई निरंतरता दिदै गर्दा जेष्ठ १३ गते मंगलवार अचानक तेन्जिङ भोटियाको आमाको स्वर्गवास भएको कारण शो केही हप्ता रोकिएको थियो । आफू शोकमा नै हुँदा पनि आम नेपालीहरुको लागि शुरु गरिएको कार्यक्रम निरन्तर चल्नु पर्यो भन्ने आम श्रोताहरुको अनुरोध र आफुले लिएको जिम्मेवारी पूरा गर्नु नै पर्छ भन्ने तेन्जिङको संकल्पले फेरि पी. एम. एस. टी संगको सहकार्यमा दि तेन्जिङस शो सिजन दुई शुरु भयो ।

थप व्यवस्थित र स्तरीय बनेको सिजन २ को पहिलो एपिसोड पापा पुगु चेतन राज कार्कीको साथमा थियो भने त्यस पश्चात् योगेश्वर आमात्य, भिम निरौला जस्ता लोकप्रिय कलाकारहरुले कार्यक्रममा उपस्तिथि जनाई सकेका छन । हाम्रो कथा सुनेर एकजना पनि यदि प्रेरित हुन्छ भने हाम्रो उदेश्य पूरा हुन्छ भनि कम्मर कसेर लागि परेका दि तेन्जिङस शोका सम्पुर्ण युनिटलाई हाम्रो शुभकामना ।

प्रतिक्रिया