लकडाउन अवधिभर उपत्यकामा जारी भएका ‘सवारी पास’ मान्य हुने

admin

काठमाडौं, २० जेठ : सरकारले पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउनको अवधि बढाएसँगै उपत्यकामा जारी भएका सवारी पास लकडाउन अवधिभर मान्य हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर जेठ २ गतेदेखि १९ गतेसम्म जारी भएका पास काठमाडौं उपत्यकाभित्र लकडाउन अवधिभर लागू हुने जनाएको हो ।

सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाका नीलो सवारी पासलाई मान्यता दिने भएकोले नवीकरण गर्नु नपर्ने सूचनामा उल्लेख छ ।

पासको लागि कार्यालयमा भिडभाड बढ्न गइ सङ्क्रमण हुन सक्ने भन्दै बुधबारदेखि निवेदन र प्रमाण पुग्ने कागजात कार्यालयको इमेल र फेसबुक पेजमा पठाउन र पास तयार भएको जानकारीपछि कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया