लज्जास्पद तरिकाले मलाई भाइरल बनाइयो : कविन घिमिरे

मनिषा थापा

पिएनपिखबर : अहिले सामाजिक संजालमा अघोरी बाबा र उनकी श्रीमती शारदा पाण्डेको एउटा तस्विर निकै भाइरल भईरहेको छ। उक्त तस्विरमा अघोरी बाबा र उनकी श्रीमतीको साथमा एक युवा पनि देखिएका छन् जसमा क्याप्सन ‘भैसी किन्दा पाडो उपहार’ राखिएको छ।

उक्त तस्बिरमा देखिएका युवक कविन घिमिरे हुन्। उनलाई केहि सामाजिक संजाल प्रयोग कर्ताले भने आफु भाइरल हुनको लागि यस्तो तरिका अपनाएको टिप्पणी गरेका छन्। 

कविन घिमिरे भने यस बारे स्पष्टिकरण दिंदै भने, ‘म शारदा पाण्डेको छोरा हैन, भैसी किन्दा पाडो उपहार भन्दै मलाई लज्जास्पद तरिकाले मलाई भाइरल बनाइयो।’ उनले आफ्नो फोटो नबुझी मजाक बनाइएकोमा दुख लागेको बताए। उनले भने, ‘मैले मेरो पसल अघि अघोरी दम्पतिलाई भेटे। त्यही समय मैलेसँगै बसेर फोटो खिचेर सामाजिक संजालमा हाले जुन दुई घण्टा बीच नै भाइरल भयो।’

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू