लाखौ भाडा तिरेपछि खुलामञ्चको ४० सटरमा डोजर चल्यो, बनाउञ्जेल सरकारले के हेरेर बस्यो ? : आक्रोशित व्यवसायी [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौता विपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका थिए । यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शनसमेत गरे ।

हाल काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काएको छ । खुलामञ्च अतिक्रमण गरेर सटक बनाइएको भन्दै जनस्तरवाट चौतर्फी विरोध सुरु भएपछि महानगरपालिका सटर भत्काउन बाध्य भएको हो । शनिवार महानगरपालिकाले खुला मञ्चमा सटर बनाएकाहरुको छाप्रा भत्काउन सुरु गरेको हो ।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । सटर भत्काउँदा सर्वसाधारणलाई प्रवेश दिइएको थिएन भने पसलवाला र पत्रकार भने निर्वाध जान पाएका थिए । खुला मञ्च अतिक्रमण गरेर ५१ वटा सटर निर्माण गरिएको थियो । कतिपय सटरमा ताला लागेको थियो उनीहरुका सामान भने छरपस्ट पारिएको थियो ।

महानगरपालिका डोजर लिएर खुलामञ्च पुगेपछि पसलेहरुको भने भागाभाग भएको थियो । सटर बनाएर विक्री गर्न कसले दियो भन्ने हेक्का महानगरपालिकालाई समेत नभएको पत्ता लागेपछि यो काण्डले निकै उग्र रुप लियो । चारै तिर तिव्र रुपमा आलोचना हुदैं गएपछि अन्तत : महानगर आफै आएर सो सटरहरुमाथि डोजर चलाए।

बाँकी हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू