लामो समय देखि विवादित २ नं वडामा राहत वितरण सम्पन्न

खगेन्द्र हमाल

सुर्खेत: कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न.२ मा लामो समय देखि विवादित राहत वितरण सर्वदलीय सर्वपक्षीय सहमति अनुसार आज वितरण गरिएको छ। वडाको राहत वितरण डाटा नामावली संकलनमा चर्को विवाद भएपछि हिजो नेकपा चिङ्गाड २ न वडा कमिटीले वडा कार्यलयमा तालाबन्दी गरेको थियो।

सामाजिक संजाल देखि विभिन्न मिडियाहरुमा न्युज प्रकाशित भएपछि जनदबाबलाई मध्यनजर गर्दै गाउँ पालिकाको समन्वयमा दुई राजनीतिक दलहरु बसेर २ नम्बर वडाले संकलन गरेका राहत वितरण नामावलीहरुलाई हेरफेर गरि थप ६६ जनाको नाम समावेश गरि शान्तिपूर्ण तरिकाले गाउँपालिकाको टिम,वडाका जनप्रतिनिधिहरु,राजनीति दलका नेताहरुको रोहबरमा समस्याको समाधान गरि आजबाट राहत वितरण गर्ने कार्य अगाडि बढाईएको नेकपा वडा कमिटी सचीव तिल बहादुर रानाले जानकारी दिनुभयो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को यस भयावह परिस्थितिमा पार्टी भन्दा टाढा रहेर सम्पुर्ण राजनीतिक दल लगायत समग्र चिङ्गाडवासी जनताहरु एकजुट भएर महामारी विरुद्धको लडाइँमा होमिनुपर्ने अध्यक्ष मान बहादुर खत्रीले बताउनुभयो। रानिबासका साबिक वडाहरु क्रमश:६,७,८,र ९ को लागि प्रा. बि. पुङमा वितरण गरिएको छ भने १,२,३,४,र ५ को लागि वडा कार्यलय जितेजुवामा राहत वितरण गरिएको सचिव तिल बहादुर रानाले जानकारी दिनुभयो।

लामो समय देखि विवादमा परेको राहत वितरण कार्य आज शान्तिपूर्ण तरिकाले राहत वितरण हुदा स्थानीय बासिहरु निकै खुशी भएको सचीव रानाले जानकारी दिनुभयो।नेपाल सरकारको नीति निर्देशन अनुसार दैनिक ज्यालादारी काम गरेर दैनिकी चलाउन बाध्य विपन्न घरपरिवारको नाम संकलन गरेर राहत वितरण गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया